भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

आयाल निगमलाई सरकारले दियो आठ अर्ब रुपैयाँ



काठमाडौँ– नेपाल आयाल निगमलाई सरकारले तत्कालै आठ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सरकारले २० जेठ २०७९ देखि असार मसान्तसम्म भ्याट र करबापत तिरेको रकम नेपाल आयल निगमलाई फिर्ता गर्ने भएको हो ।

निगमले माग गरेअनुसार तत्कालै आठ अर्ब रुपैयाँको व्यवस्थापन गर्ने अर्थ मन्त्रालयबाट निर्णय गरेको हो ।

यसअघि सरकारले पेट्रोलियम पदार्थको कारोबारबाट उठाउँदै आएको पूर्वाधार कर स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  २ : ३४ बजे