भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

राजुको ठूलीमा आकाश र बिना



काठमाडौं– हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तारा शिरिष मगरको समेत स्वर रहेको गीतको भिडियो नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरको सो भिडियोमा शान थापाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  २ : ३१ बजे