भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

आयल निगम व्यापारीलाई दिन अर्बाैँको चलखेल भइरहेको छ : नेता पौडेल



काठमाडौँ – सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन लागेको भन्दै सत्तारुढ नेपाली कांगेसका नेता रामचन्द्र पौडेलले त्यसको आलोचना गरेका छन् ।

६४औं संसद सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयल निगम व्यापारीलाई दिन अर्बौ रुपैयाँको चलखेल भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् ।

नेता पौडेलले भने, ‘आयल निगम व्यापारीलाई दिने रे । यहाँ करोडको होइन अर्बौको कुरा छ ।’ सरकारले समयमै कृषकलाई मल उपलब्ध गराउन नसकेको भन्दै रोष व्यक्त गरेका थिए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ, नीतिगत भ्रष्टाचारले गर्दा यस्तो भएको हो’, उनले भने ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  २ : ०७ बजे