भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

जियाको आमाविरुद्ध सुरजले दिए उजुरी



मुम्बई– बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरणले अहिले नयाँ मोड लिएको छ । अभिनेता आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीले अदालत समक्षम अभिनेत्रीकी आमा राबियाविरुद्ध गैर–जमानती वारेन्ट जारी गर्न माग गरेका छन् ।

जियाले सन् २०१३ मा आत्महत्या गरेकी थिइन् । त्यसपछि उनका प्रेमी सुरज पञ्चोलीलाई जुहु प्रहरीले आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ गरेको थियो ।

पछिल्लो ९ वर्षमा अदालतले कुनै ठोस कारवाही गरेको छैन । सुरजका वकिल प्रशान्त पाटिलले जियाकी आमा राबियाले मुद्धामा ढिलाई गरिरहेको आरोप लगाएका छन् ।

अदालतका न्यायाधिस एएस सैय्यदले सीबीआईलाई सुरजको निवेदनमा जवाफ दिन भनेको छ । यो मामलाको आगामी सुनुवाई ७ जुलाईसम्म रोकिएको छ ।

सन् २०२२ को फेब्रुअरीबाट अदालतले जियाकी आमालाई अदालतमा उपस्थित भएर बयान दिन निरन्तर ताकेता गरिरहेको छ । राबियाले भने आफू लण्डनमा रहेकाले तत्काल मुम्बई आउन नपाइरहेको बताएकी छन् ।
–दैनिक भास्कर

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १ : २५ बजे