आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

बामदेवले शुरु गरे नेताहरुसँगको भेटघाट, ओली भेट्न पुगे बालकोट



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक बामदेव गौतमले नेताहरुसँगको भेटघाट शुरु गरेका छन् ।

सके विघठित नेकपा पुनर्गठन गर्ने नसके संघ र प्रदेशसभा निर्वाचनमा मोर्चा बनाउने उद्घोष गरेका गौतमले आज (बिहीबार) विहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गौतम बालकोटस्थित ओली निवास गएका हुन् । भेटमा आगामी निर्वाचनमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेका हुन् । ।

गौतमले ओलीपछि अरु नेतासँग पनि भेटवार्ता गर्नुे जनाएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रद्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनीले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

सबै कम्युनिस्ट नेतासँग आगामी ३ महिनासम्म भेटघाट र वार्ताका कार्यक्रम राखिएको उनले जानकारी दिए । नयाँ दल घोषणा गरे लगत्तै गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए । ३ महिनासम्म पनि कम्युनिस्ट पार्टी एक हुने सम्भावना नभएका खण्डमा घोषित नयाँ दल दर्ताको प्रक्रियामा अघि बढ्ने बताइएको छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १ : ०५ बजे