श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

तीज गीतमा थरी थरी भोले



काठमाडौं–तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।

लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।

गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् । तडक भडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आएकी छन् ।

‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गरेकी हुन् । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताको मनपराउने निर्देशक गायत्रीले बताइन् ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १२ : ५४ बजे