भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

अभिनेत्री स्वरालाई ज्यानको धम्की



मुम्बई–भारतीय गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड सेलिब्रेटीलाई लगातार ज्यानको धम्की आइरहेको छ । केही समय अघि सलमान खान र उनका पिता सलीमलाई धम्कीपूत्र आएको थियो । हाल भने अभिनेत्री स्वरा भास्करलाई यस्तै धम्कीपूर्ण पत्र आएको छ । उनलाई मुम्बईको घरमा स्पीड पोस्टबाट पत्र पठाइएको छ ।

स्वरालाई पत्रमा आफ्नो भाषालाई मर्यादित बनाउन चेतावनी दिइएको छ । ‘सावरकरजीको अपमान यो देशका नौजवानले सहन सक्दैनन् । आरामले आफ्नो फिल्म बनाउनु, नत्र जे पनि हुनसक्छ’, पत्रमा लेखिएको छ । पत्रको अन्त्यमा ‘जय हिन्द’ लेखिएको छ ।

पत्र प्राप्त भएपछि स्वराले मुम्बईको वर्सोवा प्रहरी स्टेसनमा अज्ञात व्यक्तिका विरुद्ध उजुरी दिएकी छन् । यो उजुरीसँगै प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।

स्वरा जहिल्यै राजनीतिक मुद्धामा आफ्नो राय सामाजिक सञ्जालमा व्यक्त गर्छिन् । उनले सन् २०१७ मा एक पोस्ट शेयर गरेकी थिइन् । ‘सावरकरले ब्रिटिस सरकारसँग माफी मागेका थिए र जेलबाट रिहाईको पनि भिख मागेका थिए ।

यसबाट यो साबित हुन्छ कि उनी वीर थिएनन्’, उनले लेखेकी थिइ्न । उनले सन् २०१९ मा एक भिडियोमार्फत सावरकरलाई डरफोक भनेकी थिइन् ।

स्वराले सन् २०१० मा ऋतिक रोशनको फिल्म ‘गुजारिश’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
–दैनिक भास्कर

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १२ : २८ बजे