श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नाइजेरियामा बसमा आगलागी हुँदा पाँचको मृत्यु, नौ जना घाइते



काठमाडौँ – नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताए अनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो । मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोट पटक लागेको बताइएको छ । एएनआइ/सिन्ह्वा

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ११ : ४१ बजे