श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

भरत र नवयुग फुटबल खेल्न अमेरिका प्रस्थान



काठमाडौँ – विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् । अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न उनीहरु आज (बिहीबार) बिहान अमेरिका प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले आयोजकको लस एन्जलस (एलए) टोलीबाट खेल्ने छन् । अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए । त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक सञ्जालमार्फत भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्नेबारे जानकारी दिएको थियो ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ११ : ०२ बजे