भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

चुट्किला : उम्रिँदैको तीनपात



उम्रिँदैको तीनपात
सात कक्षामा पढ्ने एउटा फुच्चेलाई भट्टीमा ठर्रा तान्दै गरेको देखेको भोलिपल्ट शिक्षकले उसलाई केरकार गर्दै भनेछन्- तँ हिजो ठर्रा तान्दै थिइस् हैन ? तँलाई मुला, उम्रिँदैको तीनपाते ? म आफै शरमले गर्दा नदेखेझैं गरी हिडें । मानौँ कि म तेरैसामु आएको भए तँ के भन्थिस् ? भन त ? विद्यार्थीले हिच्किचाउँदै भनेछ- ए साइँली, तीनपाने अर्को थप र एउटा कप देऊ त, सर पनि आइपुग्नु भएछ, भन्थे हुँला सर ।

आठ बच्चा

एउटी आइमाईका आठ बच्चा रै’छन् । सबैको नाम राम रहेछ । त्यो देखेर एउटा मान्छेलाई अचम्म लागेछ । उसले सोधेछ- तपाईंलाई आफ्ना बच्चाहलाई बोलाउन गाह्रो हुँदैन ? सबैको नाम एउटै ।
आइमाई : हुँदैन । म नामसँग थर पनि जोडेर बोलाउँछु नि !
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ८ : ३६ बजे