श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

पढेरै अमेरिकाको २० औँ राष्ट्रपति बन्न सफल जेम्स गारफिल्ड



गरीबीकै कारण एक विधवा अमेरिकास्थित ओहियो राज्यको जंगलमा बसी गुजारा गर्न बाध्य थिइन् । आफ्नो पाँच वर्षको छोरोलाई घरमै थुनी उनी दाउरा चिर्न थान्थिन् र दाउरा बेचेर प्राप्त रकमबाट जीविकोपार्जन गर्थिन् ।

उनको छोरो ठूलो भएपछि उनले त्यहीँ नजिकै गाउँको लाइब्रेरीमा किताब पुछ्ने काममा लगाई दिइन् । छोराको किताबप्रतिको लगाव बढ्दै गयो । उनी काममा फुर्सद पायो कि पढ्नमा मस्त हुन थाले । उनले यति पढे, यति पढे कि पढेका कुराले सामाजिक क्षेत्रमा निस्वार्थ सेवा गर्ने हौसला थपिँदै गयो । अन्ततोगत्वा उनी सन् १८८१ मा अमेरिकाको २० औं राष्ट्रपति हुन सफल भए । एक दाउरेको असभ्य छोरो राष्ट्रपति जेम्स अब्राहम गारफिल्ड भए ।
साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ८ : ३२ बजे