भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

अनौठो लुटपाट : पहिले पैसा र सिक्री लुटे, नपुगेपछि फोन पे गराएर छाडे



आजकल लुटपाट निकै बढेको छ । लुटेराले रुपैंयाँ पैसा, गरगहना, सवारीसाधन लुटेको तपाई हामीले धेरै पटक सुनेका छौं । तर हालैमा भारतमा भने लुटेराको एक समूहले एक व्यक्तिलाई कब्जामा लिइ अनौठो तरिकारले लुटेका छन् ।

भारतको राजस्थानस्थित करौली जिल्लाका २१ बर्षीय युवकलाई बाटोमा हतियारधारी आधा दर्जन लुटेराको समूहले घेर्‍यो र कुटपिट गर्‍यो । उनलाई आफूसँग भएको सबै कुरा दिन लुटेराले धम्काए । ती युवकले आफूसँग भएको ५ सय दिए । तर ती लुटेराले त्यतिमा चित्त बुझाएनन् र उनले लगाएको चाँदीको सिक्री समेत लुटे । त्यति मात्रै होइन लुटेराको समूहले उनलाई थप कुटपिट गर्दै खातामा भएको रकमबाट ३ हजार मोबाइल पे समेत गर्न लगाए ।

पीडित युवक जगदीश मिणाका अनुसार काकाको ससुरालीबाट फर्किदा बाटोमा ती लुटेराको समूहले हतियार देखाएर उनलाई रोकेको थियो । यस्तोमा एक लुटेराले उनको मोबाइल खोसे अन्यले कपडा खोलेर कुटपिट गरे । लुटेराले यस घटनाको भिडियो समेत बनाए । पछि मोटरसाइकलमा बसाएर सुरंगपुरा बालाजीमा लगेर अवैध हतियार हातमा समात्न लगाई प्रहरीलाई पक्राउ गराउने भन्दै भिडियो समेत बनाए र भाइरल बनाइ दिने धम्की दिए । जगदीशका अनुसार आरोपीले उनको निधारमा पेस्तोल राखेर मोबाइलबाट ३ हजारको फोन पे गराए । अरु पैसा ल्याउन धम्काएर छाडे । प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको छ । जी न्यूज इण्डियाबाट

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ७ : ४२ बजे