भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

टन्न खाएर पनि मोटोपन घटाउन सम्भव छ ? छ, तर एउटा शर्त मान्नु पर्छ



मोटोपन घटेन, अहिले धेरैलाई यहि चिन्ताले सताउँछ । दुब्लाउन कोही जिम जान्छन्, कोही दौडिन्छन्, कोही खानेकुरामा कटौती गर्छन् । तर नियमित खानेकुराको मात्रा अचानक घटाउँदा शरीरमा पोषक तत्व पर्याप्त नहुन सक्छ र पोषक तत्वको अभाव हुन थाल्छ । त्यसैले मोटोपन नियन्त्रण गर्न खानेकुरा छाड्ने होइन, बरु खानेकुराको छनौटमा ध्यान दिन जरुरी हुन्छ । तर यसमा एउटा रण्शर्त भने पालना गर्नुपर्ने हुन्छ ।

मोटोपन घटाउने एउटै शर्त हो, शरीरले मागेको खाने । अर्थात मन वा मुखले मागेको होइन शरीरलाई के आवश्यक छ के धान्न सक्छ त्यो मात्र खानु पर्दछ । मनले माग्दैमा जति पनि, जे पनि जति पटक पनि खाइयो भने मोटोपन कहिल्यै घट्दैन । यदि तपाईंले खाने, खानेकुरा शरीरको हितका लागि छ भने भरपेट खाए पनि फरक पर्दैन ।

हामीले खाने खानेकुरा स्वस्थ्यकर, पोषिलो हुनुपर्छ । खानामा सागपात, गेडागुडी, झोल आदिको सन्तुलन हुनुपर्छ । खानामा सलादको मात्रा बढाउनु पर्छ । मौसम अनुसार काँक्रा, मुला, गाँजर, चुकन्दर, बन्दा आदिको सलाद खाने गर्नु पर्दछ । हरेक विहान नास्तामा पनि सलाद खानुपर्छ । भरपेट सलाद खाएपछि भोक महसुस हुँदैन । खानेकुरालाई बिस्तारै चपाएर, हतार नगरी, आनन्द साथ खानुपर्छ । यसरी शरीरलाई आवश्यक पोषक तत्व मिलाएर खाना खाएमा शरीरमा अतिरिक्त बोसो जम्दैन । बोसो नजमे मोटोपन बढ्दैन ।

स्मरण रहोस्, लामो समय खाली पेट बस्ने र एकसाथ धेरै खानेकुरा खानु हुन्न । थोरै थोरै तर धेरै पटक खानु राम्रो हो । यदि खानेकुराको सन्तुलन र शैली मिलाउने हो भने भरपेट खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ७ : २७ बजे