आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

बच्चालाई खोकी लागेमा घरैमा गर्न सकिन उपचार



– १० ग्राम महमा एक लाल वंशलोचन फिटेर दिनमा दुई-तीन पटक चटाउने ।
– चौलानीमा पाँच-सात दाना धनियाँ राखी पकाएर दुई-चार दिन खुवाए बालकको खोकी र दम ठीक हुन्छ ।
– छातीमा कफ जमेमा गाईको घिउमा कपूर राखी मालिस गरी सेक्ने ।
– सुख्खा खोकीमा फुराएको फिट्किरी एक लाल र चिनी दुई लाल मिलाई दिनमा दुई पटक पाँच दिनसम्म चाट्ने ।
– सुख्खा खोकीमा सय ग्राम गाईको दूधमा १० ग्राम गाईको घिउ र सय ग्राम पानी मिसाएर पकाई आधा पानी घटाउने । त्यसमा दुई तोला मिस्री मिलाएर अलिअलि गरी चटाउने ।

साभार : ‘योगतन्त्र’ पुस्तकबाट

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ७ : ०९ बजे