श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

ईसा मसिह केही अमर वाणीहरु



१. जब कोही तिमीलाई विवाहमा बोलाउँछ तब मुख्य स्थानमा नबस्नू । कहीँ यस्तो नहोस् कि उसले तिमी भन्दा ठूलालाई बोलाएको होस् ।
२. जसले तिमीलाई र उसलाई आमन्त्रित गरेको हो त्यसले तिमीसँग उसका लागि स्थान दिन भन्यो भने तब तिमीलाई कहीँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नु नपरोस् ।
३. तिमीलाई बोलाएको ठाउँमा सबभन्दा तल गएर बस्नू । जब तिमीलाई निम्ता गर्नेले आएर अगाडि बस्न आग्रह गर्नेछ तब वरिपरि बस्नेको अगाडि तिम्रो महत्व हुनेछ । जो आफूलाई ठूलो बनाउँछ उसलाई सानो गराइन्छ र जो आफूलाई सानो बनाउँछ उसलाई ठूलो बनाइन्छ ।
४. यदि तिमीले भोजको आयोजना गर्दैछौ तब लुला, लङ्गडा र अन्धालाई बोलाएमा धन्य हुनेछौ किनकी तिमीलाई दिन तिनीहरुसँग केही हुँदैन तर तिमीलाई त्यसको प्रतिफल मिल्ने छ ।
५. जसले बुद्धिलाई ग्रहण गर्दछ, उसको लागि त्यो जीवनको वृक्ष बन्दछ र जसले त्यसलाई समातेर राख्छ त्यो धन्य हुन्छ ।
६. बुद्धि प्राप्त गर, विवेक पनि प्राप्त गर । बुद्धि श्रेष्ठ छ त्यसैले त्यो प्राप्त गर्न प्रयत्न गर । तिमी जे चाहन्छौ त्यो प्राप्त गर तर विवेक प्राप्तिको प्रयत्न नघटोस् । तिमी त्यसलाई बढाऊ, त्यो तिमीलाई बढाउँछ, जब तिमी त्यसमा ओतप्रोत हुन्छौ त्यसले महिमा बढाउनेछ ।
साभार ः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ६ : १४ बजे