श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

जब करिश्माले गम्बुठ लगाएर धान रोपिन्



काठमाडौं– राष्ट्रिय धान दिवसको अवसर पारेर नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधबार ललितपुरको बुङ्‍मतीमा आयोजना गरेको रोपाइँ कार्यक्रम अघिल्ला वर्षका भन्दा केही भिन्न थियो । केही महिना अघिमात्र नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर कार्यक्रमको आकर्षण बनिन् ।

कार्यक्रमका अन्य सहभागी खाली खुट्टै खेतमा पसेर धान रोपिरहँदा करिश्मा भने निलो रंगको गम्बुठमा खेतमा देखिइन् । अन्य सहभागीसँग उनले केही बेर खेत रोपिन् । त्यसपछि आयोजित कार्यक्रममा नाचिन्, रमाइन् । सहभागीहरु पनि करिश्मासँगै रहेर धान रोप्न पाउँदा खुशी देखिन्थे । करिश्मासँगको फोटोसेसन झन कम रोचक थिएन ।

रोपाईंको कार्यक्रममा सहभागी भएपछि उनले केही तस्वीरसहित फेसबुकमा स्टाटस नै लेखिन् ।


‘आज असार पन्ध्र , वर्ष भरिलाई माम खान पुगोस भनेर सपना रोप्ने दिन
हाम्रो संस्कृति गुनगुनाउने दिन
मलिलो उपत्यकाहरु कंक्रिट जङ्गलमा रुपान्तरण हुँदैछन् ।
युवाहरू विदेशीएर खेत, पाखा बाझो हुँदै छन ।
यो क्रमलाइ रोक्नुपर्छ ।
आशावादी अझै छौ हामी ।
उन्नत उब्जनी फर्काउछौ हामी ।
गरा गरा रोपेर , सुर्का खर्क गोडेर
कृषिमा आत्मनिर्भर बन्नसक्छौ हामी ।
राष्ट्रिय युवासंघद्वारा आयोजित राेपाई कार्यक्रमको यो संदेश हरेक युवाहरू माझ पुगोस् ।
सबैमा धान दिवसको शुभकामना ।
(तस्वीरहरू- विमल  पाैडेल क्यानडा नेपाल)

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  ८ : ०८ बजे