आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

कात्तिक १८ मा आउँदै बुलाकी



काठमाडौं– फिल्म ‘बुलाकी’ आगामी कार्तिक १८ मा प्रदर्शनमा आउने भएको छ । कर्णाली भेगको जनजीवन, रीतिथति तथा संस्कृतिक समेटिएको फिल्मको रिलिज मिति निर्माण टिमले धान दिवसको अवसर पारेर बुधबार सार्वजनिक गरेको हो ।

टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नव—अभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सह—निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  ३ : ०३ बजे