श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

असार १५

असनमा असार-१५ को चहलपहल (फोटोफिचर)



काठमाडौँ– आज असार १५, दही चिउरा खाने दिन । मानो खाएर मुरी फलाउने महिनाका रुपमा चिनिने असारमा धान रोपाइँको चटारो हुन्छ ।

धान रोपाइँकै बीच दही चिउरा खाने र रमाइलो गरि रोपाइँ गर्ने गरिन्छ । रोपाइँ नहुने सहरी क्षेत्रमा पनि दही चिउरा खाने र रमाइलो गर्ने गरिन्छ ।

असार १५ को दिन दही, चिउरा, केरा, आँप, मिठाइ आदि खाइन्छ । असार १५ का लागि कतिपयले अघिल्लै दिन दही चिउरा केरा आँप आदिको जोहो गरेका हुन्छन् ।

काठमाडौँको असन क्षेत्रमा अघिल्लै दिनदेखि पसलेलाई दही चिउरा, मिठाइ आदि बेच्न भ्याइनभ्याइ हुने गरेको छ ।

अझ भक्तपुरको जुजु धौ बनाउने व्यवसायीलाई त माग धान्नै धौ धौ हुने गरेको छ । केही वर्ष यता असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरिएको छ ।

 

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  १ : २७ बजे