आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

झिँगेदाउको शीर्ष टिजर



काठमाडौं—ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को शीर्ष टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक शीर्ष टिजरबाट फिल्मको कथासार बुझाउन खोजेकोे बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट फिल्म नेपालभरका फिल्म घरमा रिलिज हुनेछ । फिल्मको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफू पुर्ण रुपमा फिल्मको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह–निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । फिल्ममा केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् ।रामजी लामिछानेको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको फिल्मको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भैइरहेको छ ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  १२ : ५४ बजे