काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलका ३७ डिएसपीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको छ । गृह-सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्रराज न्यौपाने, देवराज अर्याल, दिनेश मल्ल र उद्धवबहादुर रावलसहित ३७ जना छन् ।
हेर्नुस् बढुवा हुनेहरुको सूची
प्रतिक्रिया