दारी काटिसकेपछि शैलुनवालाले गालामा फिटकिरी दल्छन् । तर आर्युवेदमा फिटकिरीको प्रयोग विशेष रुपले हुने गरेको छ । यस बाहेक ज्योतिष र वास्तुमा समेत फिटकिरी उपयोगी मानिन्छ । यसलाई प्रयोग गरेर गरिने उपायले कैयौं दोष निवारण हुने मान्यता छ ।
फिटकिरीले नकारात्मक ऊर्जा र वास्तु दोष नाश गरी गर्ने मान्यता छ । त्यसैले घरका केहि खास स्थानमा फिटकिरी राख्दा लाभ हुने विश्वास गरीन्छ । यस्ता छन् फिटकिरीको उपाय र लाभहरु :
पैसाको अभाव नाश गर्न
यदि कैयौं कोशिशका बावजुद आम्दानी बढेको छैन वा पैसा हातमा टिक्दैन भने फिटकिरीको उपाय लाभकारी हुनसक्छ । यसकालागी रातो कपडामा फिटकिरीको सानो टुक्रा बाँधेर त्यसलाई आफ्नो पर्स वा दराजमा राखेमा धन हानी हुन रोकिनुका साथै आम्दानी बढेर जाने मान्यता छ ।
खराब सपनामा उपयोगी
यदि कसैलाई खराब सपना आउँछ वा बच्चाहरु बारम्बार डराएर निन्द्राबाट ब्युझिने गर्दछन् भने नीलो वा कालो कपडामा फिटकिरी बाँधेर सिरानी मुनि राखेमा खराब सपना देखिने क्रम बन्द हुन्छ ।
पति–पत्नी बिचको झगडा रोक्न
यदि पति–पत्नी बीचमा अक्सर झगडा भइरहनछ भने बेडरूमको झ्यालमा कपडामा फिटकिरी बाँधेर झुण्ड्याउदा लाभ मिल्ने मान्यता छ ।
घर झगडा अन्त्य गर्न
घरमा दिनदिनै झगडा हुन्छ । परिवारका सदस्यका बीचमा मनमुटाव हुन्छ भने बाथरूममा एक कचौरा फिटकिरी भरेर राखेमा यो समस्या समाधान भएर जाने मान्यता छ ।
प्रतिक्रिया