श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

महिनावारीमा प्याडको सट्टा पुरानो कपडाको प्रयोग गर्दा हुन्छ ?



महिनावारीको समयमा महिलाका लागि प्याड अनिर्वाय आवश्यकता हो । तर कतिपयले प्याडको अभावका कारण पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दछन् । खर्चको बचत र सहजै उपलब्ध हुने भएकाले कपडालाई प्याडको रुपमा प्रयोग गरीन्छ । तर महिनावारीमा पुराना कपडा प्रयोग गर्नु स्वस्थ्यकर छ त ?

प्याडको सट्टा कपडालाई प्याडको रुपमा प्रयोग गर्दा खासै फरक पर्दैन । तर कपडा सफा हुन भने आवश्यक हुन्छ । अन्यथा यसले संक्रमणको जोखिम बढाउँछ । साथै धेरै रगत सोसोस् भने धेरै बाक्लो कपडाको प्रयोग गर्नु हुदैँन ।

धेरै बाक्लो कपडा प्रयोग गर्दा हिँड्न अप्ठेरो हुनुका साथै तिघ्रामा काछ लाग्न सक्छ । बरु छिटोछिटो कपडा परिवर्तन गर्नु पर्दछ । कपडालाई प्याडको रुपमा प्रयोग गर्ने हो भने सुतीको कपडा उपयोगी हुन्छ । तथापि केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

प्रयोग अघि र पछि कपडालाई साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनु पर्छ । घाममा राम्ररी सुकाउँदा कपडामा भएका कीटाणु नष्ट हुन्छ । कपडाले धेरै रगत सोस्न नसक्ने भएकोले त्यसलाई बेला बेलामा परिवर्तन गर्नुपर्छ भने अर्को कपडा पनि साथमा राख्नु पर्छ ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ७ : ५४ बजे