श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

‘तिमीलाई माया’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ– दक्षिण कोरियामा रहेका कलाकारको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, सङ्गीत रहेको छ भने गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन्।

उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनय रहेको छ । युवा प्रेम र आकर्षणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोमा माया, प्रेम, शङ्का र सम्बन्धलाई रचनात्मक तवरले देखाउन खोजिएको छ ।

दक्षिण कोरियाका विभिन्न पर्यटकीय आकर्षण बोकेका ठाउँमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौसमी गुरुङ (डार्क एन्जल) ले गरेका हुन्। सम्पादन भने विजेश पौडेलले गरेका छन । भिडियो डेमो क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

निर्माण समूहले दर्शक स्रोतालगायतलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ७ : ४५ बजे