श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

मलयालम अभिनेता विजय बाबु पक्राउ



मुम्बई–साउथ अभिनेता विजय बाबु पक्राउ परेका छन् । उनीमाथि सन् २०२२ को अप्रिलमा एक महिलाले यौन उत्पीडनको आरोप लगाएपछि प्रहरीले उनीविरुद्ध मुद्धा दर्ता गराएको थियो ।

विजय एर्नाकुलम प्रहरीमा उपस्थित भएपछि गत सोमबार उनलाई कोच्चीबाट पक्राउ गरिएको हो । यो मामलामा अनुसन्धान गरिरहेको टिमलाई सोमबार ३ जूलाईसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विजयसँग सोधपुछ गर्न अनुमति मिलेको छ ।

विजय मलयालम फिल्मका अभिनेतासँगै निर्माता पनि हुन् । उनीमाथि यौन शोषण र बलात्कार जस्तो गम्भीर आरोप लागेको थियो । ती महिलाले एर्नाकुलम दक्षिण प्रहरी थानामा अभिनेतामाथि मुद्धा दर्ता गराएकी थिइन् । त्यसपछि प्रहरीले लुक आउट सूचना जारी गरेको थियो ।

विजयले पनि अग्रिम जमानतका लागि केरल उच्च अदालतमा निवेदन दिएका थिए । उनलाई अदालतले जमानतको मञ्जुरी दिए पनि अहिले भने पक्राउ परेका छन् । विजयमाथि मुद्धा दर्ता हुँदा उनी दुबई भागेका थिए ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ३ : ३३ बजे