आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

मोडल हन्ट नेपालको अडिसन



काठमाडौ–नेक्स्ट मोडल नेपालको आयोजनामा ‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । गत शनिबारबाट काठमाडौंदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्नेछ ।

अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागिता रहनेछ । अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ । प्रतियोगिता ७ वर्षयता नियमित आयोजना हुँदै आएको छ ।

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्राफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल¬), रुबिस्का श्रेष्ठ (व्यावसायिक मोडल) र अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन् ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ३ : ०७ बजे