श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

आमाबाबु बन्दै आलिया र रणवीर



मुम्बई–बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर चाँडै नै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट शेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा राखिएको तस्वीरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ । जहाँ रणवीर पनि छन् । तस्वीरमा उनीहरुको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा…चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।

रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।
–अमरउजाला

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ११ : ४९ बजे