श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

आमाको पोल लगाउन रुदैं बाबुलाई फोन गर्ने बालक बने भाइरल



आजकलका बच्चाहरु आफूलाई चित्त नबुझेको कुरा भन्न लजाउँदैनन् ।

कतिपय बच्चा त आफ्ना अभिभावकसंग कुनै कुरा चित्त नबुझे त्यसको पोल लगाउन समेत पछि पर्दैनन् । यस्तै एक बालकले आफ्नी आमाको पाले बाबुलाई फोन गरेर लगाएको छन् । जुन भिडियो अहिले भाइरल बनेको छ ।

भिडियोमा एक बालकले रुदैं आफ्नो बाबुलाई फोन गर्छन् । जसै उताबाट बावुले फोन उठाउँछन् ति बालक यता रुन थाल्छन् । उनी रुदैं आफ्नी आमाको पोल लगाउन थाल्छन् । उनले पोल लगाएको बिषय र उनको बोली सुन्दा भने निकै हास उठ्दो लाग्छ ।

रुदैं गरेका बालकले बावुलाई आमाले दाँत भाचि दिएको भन्दै पोल लगाउँछन् । उनी दाँत भाचिँएर रगत आएको र उनलाई अरुले जिस्काएको भन्दै आमाको पोल सुनाउँछन् ।

उनी रुदाँ धरधरी आँशु खसालेर आफ्नो पीडा बाबुलाई सुनाइरहेका हुन्छन् ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ७ : ४९ बजे