आजकल बहुला वा रेबिज लागेको कुकुरको टोकाइको जोखिम बढ्दो छ । शहर बजारमा मात्र नभइ आजकल गाँउघरमा पनि रेबिज संक्रमित कुकुर भेटिने गरेको छ ।
सामान्यतया कुकुरले टोकेको एकदेखि तीन महिनामा लक्षण देखिन्छ । बिरलै अवस्थामा वर्षौंपछि पनि देखिन सक्छ । रेबिज कुकरलाई आफैं लाग्दैन । यो रोग अन्य जनावरबाट कुकुरमा सरेको हुन्छ र कुकुरद्वारा मानिसमा सर्छ ।
कसरी चिन्ने रेबिज लागेको कुकुर ?
रेबिज लागेको कुकुर बढी आक्रामक हुने, पुच्छर निहुराएर हिड्ने, ¥याल निकाल्ने लक्षण हुन्छ । साथै कुकुरलाई रेबिज लागेको छ भने हावा र पानीदेखि डराउने हुन्छ । कुकुरले अस्वभाविक व्यवहार देखाउन थाल्यो भने पनि सचेत हुनु पर्दछ ।
रेबिज संक्रमित कुकुरले टोके के गर्ने ?
– रेबिज संक्रमित कुकुरले टोके धारा खोलेर दबाबयुक्त धारामा १५ मिनेट घाउ धुनु पर्दछ ।
– कुकुरले टोक्नासाथ आलो घाउ धोयो भने ९० प्रतिशत रेबिज भाइरस बगेर जान्छ ।
– सम्भव भएमा साबुनपानीले पखाल्नु उपयुक्त हुन्छ ।
– मुख्यकुरा जतिसक्दो छिटो अस्पताल जानु पर्दछ ।
– यदि रेबिज लागेको कुकुर १० दिनभित्र मर्यो भने रेबिजको खोप लगाउनैपर्छ ।
– साथै टोकेको कुकुर आसपास नदेखिएमा पनि सुई लगाउनु नै बुद्धिमानी हुन्छ ।
रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन । अर्थात कुकुरले टोक्ने बित्तिकै खोप लगाइयो भने रेबिजको जोखिमबाट बच्न सकिन्छ ।
प्रतिक्रिया