श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

किन रोप्ने घरमा बेलको बोट ? यस्ता छन् अन्य धेरै धार्मिक लाभ



भगवान शिवमा समर्पित साउन शुरु हुन अब ३ साता पनि बाँकि छैन । यस महिनामा भगवान शिवलाई बेल, धतूरो, पञ्चामृत आदि अर्पित गरिन्छ ।

शिवलाई बेल निकै प्रिय छ । वास्तुशास्त्रमा पनि बेलको बिरुवालाई शुभ मान्छि । मान्यता अनुसार बेलको एक बोट घरमा भए वास्तु दोष नाश हुने मान्यता छ । घरमा बेलको बिरुवा भए अरु के के लाभ हुन्छ ?

– जुन घरमा बेलको बोट हुन्छ त्यस घरमा सदैव भगवान शिवको विशेष कृपा हुने र त्यसमा घरमा कहिल्यै संकट नआउने मान्यता छ ।

– बेल रोपेको घरमा माता लक्ष्मीको पनि वास हुने मान्यता छ । अर्थात जुन घरमा बेलको बोट हुन्छ त्यस घरमा कहिल्यै पैसाको अभाव नहुने धार्मिक विश्वास गरीन्छ ।

– धनको अभाव नहोस् भन्न बेलको पातलाई धनको स्थानमा राख्दा धनलाभ हुने मान्यता छ ।

– घरमा बेलको बिरुवा रोपेमा व्यक्तिको खराब कर्मका असर नष्ट हुने र पुण्य मिल्ने मान्यता छ ।

– बेलको बोटले सकारात्मकता ल्याउने र परिवारका सदस्य ऊर्जावान बनाउने धार्मिक मान्यता छ ।

– जुन घरमा बेलको बोट हुन्छ त्यस घरका परिवारमा खराब नजर नपर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ६ : ०४ बजे