श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

राष्ट्रिय सिप प्रतियोगिता हुने



काठमाडौँ– काठमाडौँ– व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना– दोस्रो (इभेन्ट–टू)ले राष्ट्रिय सिप प्रतियोगिता गर्ने भएको छ । यही  असार १४ गते बिल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सिप प्रतियोगिता गर्न लागिएको परियोजनाले जनाएको छ ।

प्रतियोगितामा विगतमा विभिन्न निकाय र परियोजनाबाट विल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परीक्षण तह १ पास भएका र ५० वर्ष उमेर ननाघेका महिला तथा पुरुष प्रशिक्षार्थीले प्रतिस्पर्धा गर्न पाउने छन् ।

सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसकाे व्यवस्थापन स्किलिङ नेपाल फाउन्डेसनले गरेको संस्थाले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : असार १२, २०७९ आइतबार  २ : २९ बजे