श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

रोशनले ल्याए सही हो नि कान्छी



काठमाडौं–‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ नयाँ गीत ‘सही हो नि कान्छी’ लिएर आएका छन् । गीतमा कुमार गुरुङको कुमार गुरुङ, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।

बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको गीतको भिडियो इलाम र श्रीअन्तुमा छायांकन गरिएको छ । भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय छ ।

सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गायक गुरुङले विगतमा चारवटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : असार १२, २०७९ आइतबार  १२ : ५९ बजे