श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नेकपा एसको प्रधानमन्त्रीलाई आग्रह : अब पर्खिन सक्दैनौं, नयाँ मन्त्रीको तत्काल शपथ गराउनुस्



काठमाडौँ – सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

आज (शनिवार) बसेको केन्द्रीय कमिटी बैठकको निणर्य सुनाउँदै उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसकिने बताए । खतिवडाले अब शपथग्रहण गराउन ढिला भए नेकपा एसलाई गरिएको अपमानका रूपमा बुझिने भन्दै कांग्रेस र माओवादीभित्रको विवाद मिलाउन नेकपा एसभित्र नखेल्न चेतावनी दिइएको बताए ।

खतिवडाले नेकपा एसले पठाएका मन्त्रीहरूको सूची हेरफेर नहुने भन्दै मन्त्रीहरूले बुझाएको फरक नामको अर्थ नहुने प्रस्ट पारे । नेकपा एसको बैठकले गठबन्धनलाई नै जोड दिँदै पाँच दल बाहिरका दलहरूसँग पनि छलफल गर्ने निणर्य गरेको छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ६ : ३८ बजे