श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

गोंगबुबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ



काठमाडौं – काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित नयाँ बसपार्क क्षेत्रको एक क्याफेबाट एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ४ : ५९ बजे