आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

सुदिनले ल्याए बौवा रे



काठमाडौं– र्‍यापर सुदिन पोखरेलको नयाँ गीत ‘बौवा रे’ सार्वजनिक भएको छ । मधेसी लवज र शैलीलाई समावेश गरिएको गीतमा शब्द र संगीत सुदिनकै छ ।

मिस्ट ब्लिङ र मेक मनी रेकर्डले निर्माण गरेको भिडियोमा सचिन कार्की र आयुष पाखरेलको निर्देशन छ ।

भिडियोको व्यवस्थापन गब्बर इन्टरटेन्मेन्टले गरेको हो । सुदिन हाल अस्ट्रेलियामा बस्छन् ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  २ : ५० बजे