श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

थुनुवाको मृत्यु



सिन्धुपाल्चोक – थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।

आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  २ : ५४ बजे