श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

यस्तो छ शाहरुखको पठान फस्टलुक



मुम्बई–बलिउडका किङ खान शाहरुख खानले २५ जूनमा बलिउडमा आफ्नो ३० वर्ष यात्रा पुरा गरेका छन् । यही मौकामा उनले आफ्नो प्रतिक्षित फिल्म ‘पठान’को फस्टलुक सार्वजनिक गरो छन् । जसमा शाहरुख खान रगतले लतपतिएको अवस्थामा देखिएका छन् ।

उनको हातमा टुटेको हतकडी बाँधिएको छ र उनले बन्दुक बोकेका छ, जसमा उनलाई कुनै बागीको लुक्समा देखाइएको छ ।

यो फिल्म यशराज फिल्मसको व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । फिल्मको निर्देशक सिद्धार्थ आनन्दले गरेका छन् । फिल्म २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ । यो फिल्म हिन्दीका अलावा तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ ।
–दैनिक जागरण

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  २ : १२ बजे