आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

पेट्रोल र डिजेलकाे मूल्य घट्यो, नयाँ मूल्य कति ?



काठमाडौं– सरकारले पेट्रोल र डिजेलकाे मूल्य घटाएको छ ।  पेट्रोलमा २० रुपैयाँ र डिजेलको मूल्य २८ रुपैयाँ घटाएको उद्योग वाणिज्य आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

पहिले १९९ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७९ रुपैया कायम भएको छ । यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट घटाएर १६३ रुपैयाँ बनाइएको मन्त्री बडूले बताए ।

यो निर्णयले अन्य वस्तुको भाउ समेत घट्ने मन्त्री बडूले बताए । मन्त्री बढुले आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिई मूल्यवृद्धि नियन्त्रण गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोल र डिजेलमा सरकारले लि‌ंदै आएको करलाई घटाएर राहत दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले मूल्य घटाएको हो ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  १ : ३६ बजे