आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

टोखामा ‘हेल्थ इज वेल्थ’ वर्कआउट (तस्वीरहरू)



काठमाडौँ– द जिम एन्ड व्यायामशालाको आयोजनामा काठमाडौँको मिलनबजार टोखामा ‘हेल्थ इज वेल्थ वर्कआउट’ कार्यक्रम गरिएको छ । शनिबार विहान २ घण्टा भएको कार्यक्रममा ८ सय जनाभन्दा धेरै सहभागि रहेको द जिमका सिइओ अमर क्षेत्रीले जानकारी दिए ।

वर्कआउट कार्यक्रममा प्रशिक्षकहरू ममता प्रसाईँँ र अनुपविक्रम सुवेदीले स्वस्थ जीवनशैली, व्यायाम लगायतबारे प्रशिक्षण र प्रयोगात्मक अभ्यास गराएका थिए । यसप्रकारका कार्यक्रम फेरि पनि आयोजना गरिने सिइओ क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  १२ : ११ बजे