भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

अनौठो संयोगः ४ जना बेष्ट फ्रेण्ड फेरि एकैसाथ गर्भवती भए



विश्वमा कतिपय घटनाको संयोग यस्तो बनिदिन्छ कि जसलाई पत्याउनै ग्राहो हुन्छ । यसैबीच सामाजिक सञ्जालमा भाइरल भनेको एक भिडियो भाइरल बनेको छ । जहाँ चार जना साथीको समुहका सबै एकै साथ गर्भवती रहेको देखिएको छ ।

सामाजिक सञ्जालमा इन्ष्टाग्राममा भाइरल बनेको यस भिडियोमा ४ जना महिला साथीहरुका सबै सदस्य गर्भवती भएको देख्न सकिन्छ । उनीहरुले हालैमा बेविबम्प गर्दै यो भिडियो खिचाएका थिए । यि चारै जना साथी गर्भवती छन् । अझ रोचक त के छ भने उनीहरु यो पटक मात्र नभई यस पनि यसरी नै एकैसाथ गर्भवती थिए ।

अमेरिकाको हवाई आईल्याण्ड निवासी मैडी कैस्टेलानो एक टिकटकर हुन् । उनले आफ्नी साथी रैण्डी पार्क, ब्रिटनी केन्ट र लो बीस्टोनका साथमा भिडियो शेयर गर्दै यस अनौठो संयोगका बारेमा जानकारी दिएकी थिइन् ।

मैडीले भिडियोमा चारै साथीको गर्भवती अवस्थाको तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेकि छिन्, तपाईहरु मध्ये केहिलाई स्मरण हुनसक्छ हामी सबै बेष्ट फ्रेण्ड एकै समयमा गर्भवती भएका थियौ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  १० : ४६ बजे