श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

घरमा नियमित सन्ध्या वन्दना गर्दा मिल्नेछ यस्ता लाभहरु



हिन्दु धर्ममा सन्ध्या वन्दनाको विशेष महत्व छ । मान्यता अनुसार साँझको समयमा पूजा–पाठ गर्दा व्यक्तिको सबै समस्याको हल भएर जानेछ । यस अलावा सन्ध्या पूजाको अन्य लाभ पनि हुने धार्मीक मान्यता छ ।

सूर्यास्त पछि सन्ध्याकालमा गरीने यस वन्दनाका क्रममा घरमा दीयो बाल्नुपर्ने मान्यता छ । यस्तै कतिपयले घरका ढोका तथा तुलसीमा समेत दियो बाल्ने गर्दछन् । यसो गरेमा घरमा सुखसमृद्धि बनिरहने मान्यता छ ।

घरमा दीयो बाल्दा प्रकाश अर्थात उज्यालोले घरको अन्धकार भगाउने र यसले नकारात्मक उर्जा नष्ट गरेर सकारात्मक उर्जा प्रवाह गराउने मान्यता छ । घरमा नकारात्मक उर्जा भए यसले स्वास्थ्य, धन, सम्बन्ध र आलस्यमा समेत असर गर्दछ । यस्तोमा साँझमा घरमा दीयो बाल्दा परिवारका सबै सदस्यमा सकारात्मक उर्जा प्रवाह हुने मान्यता छ ।

सन्ध्याकालमा भगवानका सामने दीयो बालेर भोग लगाउने वा आरती गर्ने क्रममा घरका सबै कोठाका बत्ति केहिबेर बाल्नुपर्ने मान्यता छ । यसले घरमा वास भएको राहू हट्ने मान्यता छ । साथै हिन्दु मान्यता अनुसार साँझमा नियमित सन्ध्या वन्दनाको क्रममा हनुमानको पनि आराधना गरे वा हनुमान चालीसा पाठ गरे जीवनका सबै कष्ट निवारण हुने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ८ : ४३ बजे