श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

पसिना गन्हाएर असहज भएको छ ? यी हुन् उपयोगी टिप्स



गर्मी मौसमको सबैभन्दा ठूलो समस्या भनेकै पसिना गन्हाउनु हो । पसिना गन्हाउने कारणले कतिपयलाई अरुको सामुन्ने जान पनि समस्या हुने गर्दछ । तर केहि यस्ता सहज टिप्स छन् जसलाई पालना गरे पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

महिलाको लागि उपाय
– तनावको कारणले पनि पसिना गन्हाउने भएकाले सबैभन्दा पहिले तनावमुक्त रहनुस् ।
– पसिना गन्हाएमा महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम प्रयोग गर्नुहोस् ।
– घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन ।
– खानाका लागी तालिका मिलाई परिवर्तन गर्दै खानुहोस् ।
– कपडाको रंग तथा कपडाको किसिमले पनि शरीरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।

पुरुषको लागि उपाय
– नियमित काखी सफा गर्नुहोस् ।
– नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् ।
– जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस् ।
– एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् ।
– नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम प्रयोग गर्नुहोस् । यसले शरीरमा सुगन्ध छाउने छ ।

प्रभावकारी उपाय
– पर्याप्त पानी खाने
– चुरोट, सुर्ती र रक्सी सेवन नगर्ने
– शाकाहारी खाना मात्र खाने

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ५ : ३४ बजे