श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

राष्ट्रिय एथ्लेटिक्समा सन्तोषी र मुकेशलाई स्वर्ण पदक



काठमाडौँ । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका मुकेश पालले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १५ सय मिटर दौडतर्फ स्वर्ण जितेका छन् । प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडमा महिला र पुरुषको फाइनल स्पर्धा गराइएको थियो । जसमा सन्तोषी र मुकेश प्रथम भएका हुन् ।

दशरथ रंगशालामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय गरी १० वटा टिमले प्रतिस्पर्धा गरेका छन् ।

शुक्रबार सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ५ : ५३ बजे