श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

धेरै बेर नटिकेको खुशी (तस्वीरहरू)



काठमाडौँ– एसीसी महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । ८२ रनको मध्यम लक्ष्य पाएपनि वर्षाका कारण दोस्रो इनिङ हुन नसकेपछि समुह चरणको नतिजाका आधारमा यूएई विजेता घोषणा भयो ।

खेलको पहिलो इनिङको प्रदर्शनबाट खुशी बनेको नेपालको खुशी धेरैबेर टिक्न सकेन । नतिजासँगै टी-ट्वान्टी एसिया कप खेल्ने नेपालको सपना पनि यसपटकका लागि अधुरै रहनपुग्यो ।

मलेसियाको किनरारा ओभल मैदानमा बलियो टोली यूएईसँग नेपालले राम्रो बलिङ गरेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले युएईलाई १९ ओभर ५ बलमा ८१ रनमा अलआउट गराएको थियो ।

नेपालकी अस्मिना कर्माचार्यले ५ विकेट लिईन् भने इन्दु वर्माले ३ र सीता रानाले २ विकेट लिए । तीन ओभर ५ बल बलिङ गरेकी अस्मिनाले मात्र १० रन खर्चिएर ५ विकेट लिएकी थिइन् ।

फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कपमा छनोट हुने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण थियो ।

तस्वीर-क्यान

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ११ : ५८ बजे