श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

वर्षाका कारण खेल रद्द हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो



काठमाडौँ– वर्षाका कारण खेल रद्द हुँदा नेपाल एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । सेमिफाइनलमा युएईसँग पहिले बलिङ गर्दै मात्र ८१ रनमा समेटेपनि वर्षाका कारण दोस्रो इनिङ सम्भव नभएपछि खेल रद्द भयो ।

यसको घाटा नेपाललाई भयो र युएई फाइनल पुग्यो । समुह चरणको अंकका आधारमा विजेता टिम छनोट गरिएको हो । समूहमा युएई विजेता भएको थियो भने नेपाल अर्को समूहको उपविजेता बनेको थियो ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर खेल रद्द हुँदा नेपालले जवाफी ब्याटिङ गर्न पाएन ।

यससँगै नेपालको एशिया कप खेल्ने सपना पनि यसपटकका लागि अधुरै रहेको छ ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ११ : २७ बजे