श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नेपाललाई युएईले दियो ८२ रनको लक्ष्य



काठमाडौँ- एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपालसामू ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा १९ ओभर ५ बलमा अल आउट हुँदै युएईले ८१ रन मात्र बनाउन सक्यो ।

टस जितेर फिल्डिङ रोजेको नेपालको कसिलो बलिङका कारण युएई सस्तै रनमा समेटिन पुग्यो । युएईकी वैशनभ महेशले सर्वाधिक १६ रन बनाइन् भने इशा ओझाले १५ र छाया मुगलले १४ रन जोडिन् ।

नेपालकी अश्मिना कर्माचार्यले पाँच विकेट लिइन् । यस्तै इन्दु बर्माले ३ तथा सीता रानामगरले २ विकेट लिइन् ।

युएई समुह ए को बिजेता र नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेका हुन ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन । फाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  १० : २५ बजे