श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु



विराटनगर– नेकपा (एमाले) झापाका अध्यक्ष एवं प्रदेश–१ का पूर्व आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीको झापा गौरादहस्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

कुकरमा तार बेरेर आँगन अगाडि राखेको अवस्थामा फेला परेको वस्तु कुकर बम हुनसक्ने अनुमान गरिएको छ ।

कार्कीले विस्फोटक बस्तु हुनसक्ने भएकोले निस्क्रिय बनाउन नेपाली सेनाको विशेष टोलीलाई खबर गरिएको बताएका छन् ।

कसले के कारणले यो काम गर्यो भन्ने खुल्न नसकेको र यस विषयमा अनुसन्धान हुनुपर्ने कार्कीले बताए ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ८ : ५७ बजे