श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

सेमिफाइनलमा नेपालले आज युएईंसँग खेल्दै



काठमाडौँ- एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज युएईसङ्ग खेल्दै छ ।

युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

मलेसियाको किनरारा ओभल मैदानमा हुनेछ ।

युएई समुह ए को बिजेता र नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेका हुन ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन । फाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ६ : ३७ बजे