श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

विश्व फुटबलमा नेपालको वरियता खस्कियो



काठमाडौँ – नेपाली फुटबल टिमको बरियता आठ स्थान तल झरेको छ । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता ८ स्थान खस्किँदै १ सय ७६ औं स्थानमा पुगेको हो ।

यसअघि नेपाल १ सय ६८ औं स्थानमा थियो । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि १ सय ४ औं स्थानमा भारत र १ सय ५६ औं स्थानमा माल्दिभ्स छन् ।
यस्तै, बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८६ औं, पाकिस्तान १सय ९६ औं र श्रीलंका २ सय ७ औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल छ भने बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । यसैगरि बरियतामा
स्पेन छैटौँ, इटाली सातौँ, नेदरल्यान्ड्स आठौँ, पोर्चुगल नवौँ र डेनमार्क दशौँ स्थानमा रहेको फिफाले जनाएको छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ९ : ३० बजे