असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

क्यान्सर न्यूनीकरणका लागि कार्यशाला



काठमाडौँ– नेपाल र भारतका क्यान्सर विशेषज्ञहरूको कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

काठमाडौँको होटल र्‍याडिसनमा आयोजित एक दिने कार्यशालामा नेपालमा टाउको र घाँटीको बढ्दो क्यान्सर कम गर्ने विषयमा छलफल भएको थियो । टाउको र घाँटीको क्यान्सर उपचारमा बिरामीका लागि विभिन्न मुलुकमा भइरहेका नविनतम प्रविधिबारे छलफल भएको थियो ।

कार्यशालामा नेपालको तर्फबाट नेपाल क्यान्सर अस्पतालको घाँटी र टाउको विभाग प्रमुख डा. प्रभात ठाकुर, डा. सुदीप श्रेष्ठ तथा भारतको तर्फबाट फोर्टिस मेमोरियल रिसर्च इनिष्टिच्यूट, गुरुग्रामका डा. एके आनन्द, डा. अंकुर बहल, डा. वेदान्त काबरा, डा. इशिता बी सेन र डा. नेहा कक्कड सहभागी थिए ।

कार्यशालामा सहभागी डा. ठाकुरले सर्वसाधारणमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने, टाउको र घाँटीको क्यान्सरमा उपचार व्यवस्थापन, पुनः पलाउने क्यान्सरका उपचार विकल्पहरूमा गरिएको बताए ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ५ : २८ बजे