असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

५ किलो हेरोईनसहित ३ जना विदेशी र १ जना नेपाली पक्राउ



काठमाडौँ– झण्डै ५ किलो लागूऔषध हेरोईनसहित ३ जना विदेशी र १ जना नेपाली गरी ४ जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले आपराधिक पृष्ठभूमिका आधारमा त्रिभुवन विमानस्थलबाट नेपाल आएका उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले फ्लाइ दुबईको उडानबाट दक्षिण अफ्रिकाको जोनेस्वर्गबाट दुबई हुँदै काठमाडौं आएका तान्जानियन नागरिक अब्दुल्लाह अब्बुलीकीलाई काठमाडौंको बौद्धबाट असार ३ गते ४ किलो ९०० ग्राम हेरोइनसँगै पक्राउ गरेको छ ।

भारतको हरियाणा राज्यबाट लागूऔषध लिन आएका रोतक जिल्ला साप्ला तसिलगान्दाका ४६ वर्षीय मुनिम सिंह र ४३ वर्षीय विक्रमजित सिंह तथा पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ३० वर्षीय विक्की रौनियारलाई ब्यूरोको टोलीले बौद्धबाटै २ गते पक्राउ गरेको छ ।

ब्यूरोले केही दिनअघि ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय दक्षिण अफ्रिकाबाट दुबई, कतार हुँदै नेपालको बाटोबाट भारतमा लागूऔषध लैजाने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ५ : १४ बजे